रुपन्देही- भन्सार छलीका १४० बोरा प्याज बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालीदह नाकाबाट भन्सार छलेर ल्याएको प्याज बरामद गरेको हो ।

यस्तै, रोहिणी गाउँपालिका–३ धकधईबाट दुई लाख रुपैयाँ बराबरको पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्ट लगायतका सामान पनि बरामद गरिएको प्रहरीले बताएको छ । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
