अत्तरिया – कैलालीका बिभिन्न स्थानबाट प्रहरीले एकैदिन ८ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ८ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा वन मुद्दामा १७ हजार ५१० जरिवाना ठहर भएका कैलारी गाउँपालिका – ६ का दिनेश चौधरी, चेक अनादर मुद्दमा १ हजार जरिवाना ठहर भएका टिकापुर नगरपालिका – १ का अभिषेक चौधरी, लागू औषध मुद्दमा १ हजार जरिवाना ठहर भएका टिकापुर नगरपालिका – ८ का सुरज बुढा र जुवातास मुद्दामा २०० सय जरिवाना ठहर भएका टिकापुर नगरपालिका – १ का उदय बहादुर शाही रहेका छन ।

यस्तै जालसाजी मुद्दामा १ हजार २५० जरिवाना ठहर भएका टिकापुर नगरपालिका – ९ का नारायण भुर्तेल, ज्यान सम्बन्धी कसूर मुद्दामा २ सय जरिवाना ठहर भएका जानकी नगरपालिका – ८ का प्रदेशी थारु, कुटपिट मुद्दामा १ महिना कैद सजाय र १ हजार ३ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका – २ का बालकृष्ण थारु र वन मुद्दामा ५९ हजार १३६ जरिवाना ठहर भएका टिकापुर नगरपालिका – २ का भिम बहादुर आउजीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
