कञ्चनपुर – कञ्चनपुरको एक घरमा आगलागी भएको छ। बुधवार दिउँसो भीमदत्त नगरपालिका – १९ लक्ष्मी टोलमा रहेको जयबहादुर ऐरको कच्चि घरमा आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेको भुसा,काठ,पराल लगायतका सामान गरी अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्टभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
