कञ्चनपुरमा डेढ लाख बढीको कपडा, लिप्स्टिक र मालापोते बरामद

अत्तरिया- कञ्चनपुरमा डेढ लाख बढीको कपडा, लिप्स्टिक लगायतको अवैध सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट भन्सार छली ल्याएका अन्दाजी एक लाख ६१ हजार ६०० मूल्यका सामान बरामद गरिएको हो ।

maya metro hospital

बुधवार उक्त मूल्यका थानका कपडा र कस्मेटिक (माला, लिप्स्टिक, पोते,अंगुठी) सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेर आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.