त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

धादिङ- त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । प्रहरीका अनुसार एक महिला र ६ जना पुरुषसहित ७ जनाको शव फेला परेको हो ।

maya metro hospital

मृतकको परिचय खुलेको छैन भने ४१ जना यात्रुको उद्धार गरिएकोमा १४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको र अन्यको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

कपिलवस्तुबाट काठमाडौँका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेटमा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीबाट त्रिशुली नदीमा खसेको थियो । बसमा चालकसहित ५१ जना यात्रु रहेको प्रारम्भिक विवरण छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.