अत्तरिया- धनगढीमा प्रहरीले अवैध सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका-३ चौराह नजिक र वडा नम्बर ९ बाङ्ग्राकटानबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७५ हजार ५८० मूल्यका सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

प्याज, चिनी, मिठाई, खुर्सानी, प्लाष्टिक कुर्ची लगायतका उक्त मूल्यका ती सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
