कञ्चनपुरमा खैरो हिरोइन जस्तो पदार्थसहित तीन जना पक्राउ

अत्तरिया- कञ्चनपुरमा खैरो हिरोइन जस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलाबाट सोही ठाउँ बस्ने १९ वर्षीय दीपक महरासहित तीन जना पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई १.४० ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित मंगलवार इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.