कृष्ण प्रणामी सेवा धाममा महायज्ञ सुरु

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मंगलनगर मोहना तटमा रहेको कृष्ण प्रणामी सेवा धाममा महायज्ञ सुरु भएको छ । धामको संरक्षण र प्रचारप्रसार गर्न आयोजना गरिन लागिएको महायज्ञको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन । धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार पसार गर्न सुरु भएको महायज्ञ फागुन २८ गते सम्म सञ्चानल हुने छ ।

maya metro hospital

शिवरात्रीको अवसरमा कृष्ण प्रणामी सेवा धामको धार्मीक र पर्यटकिय विकासका लागि महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ । महायज्ञमा मुख्य कथा वाचक साध्वी भागवताचार्य विदुषी मिरामाताजीले गरिरहेकी छिन । उनले हिन्दु धर्मको संरक्षणमा महायज्ञले ठूलो भूमिका खेल्ने बताइन ।

महायज्ञबाट नयाँ मूर्ति स्थापना गरिने बताईएको छ । उक्त धाम कैलाली र कञ्चनपुरको सीमा क्षेत्र छुट्याउने मोहना नदी किनारमा २०६६ सालमा स्थापना गरिएको थियो । करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको धामको गुरुयोजना बनाएर काम अघि बढिरहेको बजेट अभावका कारण काम भने हुन सकेको छैन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.