बैतडी- बैतडीमा जिपसहित अढाई लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत खोचलेकमा २ लाख ५७ हजार ४ सय मूल्य बराबरका भन्सार छलीका सामान सोमवार राति बरामद गरिएको हो ।


चप्पल, बिँडी लगायतका भन्सार छलीका सामान र ती सामान ओसारपोसारमा प्रयोग गरिएको ८ लाख मूल्य बराबरको से १ ज ७१८ नम्बरको जिप समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

बरामद सामान, जिप र चालक बझाङको बुंगल नगरपालिका-११ का पुष्करबहादुर बोहरालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको उनले बताए ।
