कैलालीको राष्ट्रिय माविलाई ‘स्टे अडर’

belauri nagarpalika

धनगढी- आजबाट अतिक्रमित संरचनामा डोजर चलाउने तयारी गरेको कैलालीको सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई जिल्ला अदालत कैलालीले स्टे अडर जारी गरेको छ । अन्तिम फैसला नभएसम्म कुनैपनि संरचना नहटाउन भन्दै अदालतले स्टे अडर जारी गरेको हो ।

Karma Consultancy

जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर विष्टले अदातमा मुद्दा रहेकाले तत्कालका लागि केही नगर्न भनिएको बताए । विद्यालयले आफ्नो नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ मा रहेको ८ कट्‍ठा जग्गा खाली गराउन अन्तिम पटकका लागि फागुन १४ गते ७ दिने सूचना जारी गरेको थियो । अदालतले स्टे अडर जारी गरेपछि विद्यालयको जमिनमा बनाइएका संरचना भत्काउने काम रोकिएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.