कैलालीमा एक महिलासहित ५ फरार प्रतिवादी पक्राउ

कैलाली- कैलालीमा एक महिलासहित ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीबाट फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ५ जना फरार प्रतिवादी सोमवार पक्राउ परेका हुन् ।

maya metro hospital

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना सुनाइएकी धनगढी उपमहानगरपालिका-२ बस्ने विष्णुमाया पुजारा, वन्यजन्तुको छाला ओसारपोसार मुद्दामा १० हजार रुपैयाँ जरिवाना सुनाइएका धनगढी-४ बस्ने गगनदेव पण्डित, गाली बेइज्जती मुद्दामा २५० रुपैयाँ जरिवाना सुनाइएका धनगढी–५ बस्ने नारायण चौधरी, सोही मुद्दामा २५० रुपैयाँ नै जरिवाना सुनाइएका धनगढी–५ कै कृष्ण चौधरी र सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय र २ हजार रुपैयाँ जरिवाना सुनाइएका धनगढी–१६ बस्ने राजेश राना रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.