टी-२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको उपाधिका लागि आज घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुने फाइनलमा भिड्दा नेपालले आइसिसी टी-२० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ।

maya metro hospital

आगामी जेठमा हुने आइसिसी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्। नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।

lotus school

नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.