श्रीपुर खानेपानीका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन । सोमबार समितिमा निर्वाचित भएका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत राजेन्द्र खड्काले सपथ खुवाएका हुन । त्यसपश्चात पदाधिकारीहरुलाई पदस्थापन पनि गराईएको थियो ।

maya metro hospital

lotus school

समितिको यही फागुन १९ गते भएको निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो । समितिको अध्यक्षमा दिर्घ साउँद, उपाध्यक्षमा बिना गोतामे, सचिवमा खेमराज ओझा र कोषाध्यक्षमा खगेन्द्र राज पनेरु निर्वाचित भएका थिए । यस्तै सदस्यहरुमा शेखर पनेरु, घनश्याम जोशी, सुशिल राज उपाध्याय, मेखराज फुलारा र नन्दा देवी साउँद निर्वाचित भएका हुन ।

attariya hospital

पदस्थापन पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष साउँदले नयाँ कार्यसमिति नयाँ सोचका साथ अगाडी बढ्ने बताए । उनले खानेपानी संस्थालाई उचाईमा पु¥याउनका लागि समिति हरदम अग्रसर रहने बताए । उनले त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.