त्रिकोणात्मक टी–२० आई सिरिज अन्तरगत आइतबार नामिबिया र नेदरल्यान्ड्स बीचको खेल रद्द भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएपछि रद्द भएको हो । खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन ।

नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भएको छ ।

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा अब नेपाल र नेदरल्यान्ड्स भिड्ने छन । फाइनल खेल मंगलबार हुनेछ ।