नेशनल टी–२० च्याम्पियनसिप क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

धनगढी – कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । यही २२ फागुनदेखि विराटनगरमा सञ्चालन हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

maya metro hospital

टिमका उपकप्तानको जिम्मेवारी दीपक बोहरा सहित दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशी समाबेस छन । यस्तै विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।

lotus school

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी धनगढीको फाप्ला मैदानमा तीन दिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको बताएका छन । उनले नेपाल ‘ए’ समूह, यू–१९ विश्वकप, प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितको टोली रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने बताए ।

attariya hospital

क्रिकेट सङ्घ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेशस्तरीय टिमको सहभागिता रहने जनाइएको छ ।

उक्त टिमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । जसअन्तरगत समूह ‘क’ मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’ मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ट्रफीसहित ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.