बर्षाले गौरीगंगा गोल्ड कपको खेल तालिका परिवर्तन

अत्तरिया – कैलालीको गौरीगंगामा आयोजना गर्ने भनिएको गौरीगंगा गोल्ड कप फुटबलको खेल तालिका परिवर्तन भएको छ । फागुन १९ देखि सुरु हुने भनिएको प्रतियोगिता बर्षाका कारण फागुन २२ गते देखि हुने भएको हो ।

maya metro hospital

क्लवका अध्यक्ष दिनेश कलेलद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा मौसम प्रतिकुल भएका कारण फागुन १९ देखि २८ गते सम्म हुने भनेको प्रतियोगिताको तालिका हेरफेर गरिएको उल्लेख छ । प्रतियोगिता फागुन २२ देखि चैत्र १ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

चौथो संस्करणको प्रतियोगितामा विजेताले ६ लाखसहित ट्रफि, मेडल पाउने जनाइएको छ । उपविजेताले ३ लाख, ट्रफि, मेडल पाउनेछन् । उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १५–१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने पाउनेछन् । गौरीगङ्गाको लिक्मा खेलमैदानमा हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.