कस्तो रहला आजको मौसम ?

अत्तरिया- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

maya metro hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशीका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.