
अत्तरिया- कञ्चनपुरमा प्रहरीले एक लाख बढीका अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-१० विधुत कार्यालय अगाडि र वडा नम्बर ११ चौकीसत्ताबाट एक लाख २४ हजार मूल्यका अवैध सामान फेला पारेको हो ।

भन्सार छली ल्याइएका मिठाइ, प्याज, चिनि, मिश्री, गुड, तेल, सुट, किराना र हार्डवेयरका सामानहरू शनिवार बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ती सामान कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
