कञ्चनपुरमा भोजनालयबाट ९ जुवाडे पक्राउ

अत्तरिया- कञ्चनपुरको एक भोजनालयबाट ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कस्थित ग्रीन भोजनालयबाट सञ्चालकसहित ९ जना जुवाडे पक्राउ परेका हुन् ।

maya metro hospital

उक्त होटेलको पाँचौँ तलामा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालक डबलराज जोशीसहितलाई शनिवार पक्राउ गरी तीन गड्डी तास र ३३ हजार ८८८ नगद बरामद गरिएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.