लागुऔषधसहित चार पक्राउ

धनगढी – कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । शनिवार कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ३२६ वर्षीय सुवास गौतम पक्राउ परेका छन् । बर्दियाको राजापुर नगरपालिका–१० का गौतम ११० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् ।

maya metro hospital

यस्तै कैलालीको जानकी गाउँपालिका–७ बाट २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषधसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन सय मिलिग्राम लागुऔषध फेला परेको छ ।

शनिबार नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट २८ वर्षीय नविन सुनार पक्राउ परेका छन्। उनको साथबाट २३ मिलिग्राम लागुऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.