श्रीपुर खानेपानीको अध्यक्षमा साउँद निर्वाचित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा दिर्घ बहादुर साउँद निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा प्रतिद्धन्द्धि चन्द्र बहादुर शाहीलाई पराजित गर्दै साउँद निर्वाचित भएका हुन । विजयी उम्मेदवार साउँदले ४१६ मत ल्याउँदा शाहीले ३४८ मत पाएका छन । समितिको उपाध्यक्षमा भने साउँदको प्यानलबाट उम्मेदवारी दिएकी बिना गोतामे निर्विरोध निर्वाचित भएकी थिइन् ।

maya metro hospital

समितिको सचिवमा साउँद प्यानलकै खेमराज ओझा निर्वाचित भएका छन । उनी ४ सय मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धि गोपाल सिह साउँदले ३६३ मत पाएका छन । कोषाध्यक्षमा भने शाही प्यानलका खगेन्द्र राज पनेरु निर्वाचित भएका छन । उनी ३९४ मत ल्याउँदै विजयी भएका हुन । उनको प्रतिद्धन्द्धि महानन्द भट्टले ३५६मत पाएका छन ।

सदस्यमा ३ जना साउँद प्यानलका र २ जना शाही प्यानलका विजयी भएका छन । साउँद प्यानलबाट सदस्यहरुमा शेखर पनेरु, घनश्याम जोशी, शुशिल राज उपाध्याय विजयी भएका छन । पनेरु ३९०, जोशी ३८५ र उपाध्याय ३८२ मत ल्याउँदै विजयी भएका हुन । शाहीको प्यानलबाट सदस्यहरुमा मेखराज फुलारा र नन्दा देवी साउँद विजयी भएका छन । फुलारा ३७२ र साउँद ३७५ मत ल्याएर विजयी भएका हुन ।

attariya hospital

निर्वाचित साउँदले स्वतन्त्र उम्मेदवारी दिएका थिए । शाही भने नेपाली कांग्रेसका पुराना नेता हुन । जसले गर्दा स्वतन्त्र उम्मेदवार जित्ने कि राजनीति दलका उम्मेदवार जित्ने भन्ने प्रतिस्पर्धा नै चलेको थियो ।

1 Comment
  1. Singh Bharat says

    Badhai xa

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.