आरडिएनका नवनिर्वाचित पदाधिकारीको पदस्थापन

धनगढी – संस्था राष्ट्रिय दलित नेटवर्क (आरडिएन) को नवनिर्वाचित पदाधिकारीको सपथग्रहण तथा पदस्थापन गरिएको छ । कैलालीको धनगढीमा शनिबार आयोजित शपथग्रहण तथा पदस्थापन कार्यक्रममा संस्थापक अध्यक्ष एवं दलित नागरिक आन्दोलनका नेता गणेशबहादुर विश्वकर्माले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

maya metro hospital

‘छुवाछूतबिनाको अर्को नेपाल सम्भव छ, आउनुहोस् निर्माण गरौँ’ भन्ने मूल नाराका साथ यहीँ फागुन ५ गते काठमाडौँमा भएको दलित संसद तथा संस्थाको पाँचौं राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारणसभाबाट मोहन ओडको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको थियो ।

lotus school

सम्मेलनले संगठनका संस्थापक अध्यक्ष विश्वकर्मालाई संरक्षकको जिम्मेवारी प्रदान गरेको थियो भने समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः श्याम सुनार, पार्वती आग्री, जंग बहादुर सुनार र गीता नेपालीलाई चयन गरेको थियो । समितिको सदस्यहरुमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन भएका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.