लालपुरमा रहेको श्रीपुर खानेपानीको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि मतदान गरिएको छ । उपाध्यक्ष बाहेक २ प्यानमा उम्मेदवारी परेपछि नेतृत्वको लागि मतदान गरिएको हो । मतदानमा ८ सय १७ उपभोक्ता सहभागि भएका छन ।

maya metro hospital

समितिको अध्यक्षका लागि दिर्घ बहादुर साउँद र चन्द्र बहादुर शाही उम्मेदवार छन । साउँदको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी बिना गोतामे निर्वाचित भैसकेकी छिन भने साउँदकै प्यानलबाट सचिवमा खेमराज ओझा र कोषाध्यक्षमा महानन्द भट्टले उम्मेदवारी दिएका छन । उक्त प्यानलबाट सदस्यहरुमा शेखर पनेरु, घनश्याम जोशी, शुशिल राज उपाध्याय, खुशीराम चौधरी र धना कुमारी ओझा रहेका छन ।

lotus school

यस्तै शाहीको प्यानलबाट सचिवमा गोपाल सिँ साउँद र कोषाध्यक्षमा खगेन्द्र राज पनेरुले उम्मेदवारी दिएका छन । उक्त प्यानलबाट सदस्यहरुमा मेखराज फुलारा, कुन्ती देवी मडै, पार्वती देवी विष्ट, नन्दा देवी साउँद र लक्ष्मण बहादुर साउँदले उम्मेदवारी दिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.