कञ्चनपुरबाट ३ किशोर सहित ४ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट ३ किशोर सहित ४ जना पक्राउ पक्राउ परेका छन । जिल्लाको बेलौरी र भीमदत्त नगरपालिकाबाट ३ किशोर सहित ४ जना पक्राउ परेका हुन ।
बेलौरी नगरपालिका–८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषध सहित बेल्डाडी गाउँपालिका–३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरी पक्राउ परेका छन । शुक्रवार साँझ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै भीमदत्त नगरपालिका–१३ भाईरल रोडबाट ४० ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१२ र १३ बस्ने ३ जना किशोर पक्राउ परेका छन ।
प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १ थान खुकुरी समेत फेला पारेको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.