नेदरल्याण्ड्सविरूद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाण्डौ – त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्याणड्सविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

maya metro hospital

सिरिजको निर्णायक खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । हिजो नामिबियाविरूद्ध ओपनिङ गरेका अनिल साहलाई आजको खेलमा बेञ्चमा राखिएको छ । उनको स्थानमा कुशल भूर्तेललाई प्लेइङ इलाभेनमा ल्याइएको छ । कुशल भूर्तेललाई नामिबियाविरूद्धको शुक्रबारको खेलमा बेञ्चमा राखिएको थियो । आजको खेलमा कुशल भूर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, गुल्सन झा र दिपेन्द्रसिंह ऐरी खेल्नेछन् ।

अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्वपूर्ण छ । सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो । नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो ।

attariya hospital

हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले रोमाञ्चक जित हात पारेको थियो । आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ । सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको समान २÷२ अंक छ । नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ ।

आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ । नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.