त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तरगत आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा हिजो नामिबियासँग भएको खेलमा नेपाल ३ रनले विजयी भयो ।

maya metro hospital

नेपालको यो पहिलो जित हो । शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो ।

lotus school

यसअघि दुई खेल जितेको नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भएको नामिबिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । फाइनलमा पुग्ने बलियो आधार बनाउन नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने हुन्छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.