टी-२०आई सिरिजमा नेपालको पहिलो जित, नामिबिया पराजित

 

त्रिकोणात्मक टी–२०आई सिरिजमा नेपालले पहिलो जित हात पारको छ । लगातार दुई खेल हारेको नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको हो ।

maya metro hospital

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल मामिबिया संग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसंग २ रनले पराजित भएको थियो ।

lotus school

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

attariya hospital

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.