कैलालीमा भण्डै तीन लाखका अवैध सामान फेला

कैलाली- कैलालीमा प्रहरीले भण्डै तीन लाखका अवैध सामान फेला पारेको छ । जिल्लाका विभिन्न ठाउँबाट २ लाख ९७ हजार ८७५ मूल्यका अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

Karma Consultancy

धनगढी उपमहानगरपालिका–१ शान्तिनगर, वडा नम्बर २ मिलनचोक, वडा नम्बर ३ चौराह, वडा नम्बर ८ धनगढीगाउँबाट २ लाख १० हजार ३७५ मूल्यको प्याज, चिनी, मिश्री, भाँडावर्तन, चियापत्ती, बदाम, तेल, नरिवल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

citizen security services

त्यस्तै, भजनी नगरपालिका-३ जवलपुरबाट ८७ हजार ५ सय मूल्यको जुत्ता र चप्पल बरामद गरिएको बताइएको छ । उक्त सामानहरु बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.