विराटनगर- मोरङको बेलबारी नगरपालिका–३ मा टिपर, टाटा सुमो र बस ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले मे १ झ २८५६ नम्बरको टाटा सुमोलाई ठक्कर दिएको थियो भने बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा सुमो ठोकिएको थियो ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका वर्ष ४४ कि दिपा खनालको घटनास्थलमै मृत्यु भएको हो । सुमो चालक झापा बिर्तामोड-२ का ३६ वर्षीय कृष्ण गजुरेलको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
