
कञ्चनपुर- कञ्चनपुरमा दुई मोटरसाइकलसहित अवैध सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोटबाट भन्सार छलीका सामान बरामद गरिएको हो ।

करिब एक लाख २६ हजार मूल्य बराबरका चिनी, तोरी लगायत दुई थान मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बरामद सामान भन्सार कार्यालय पठाएको बताइएको छ ।
