कैलाली कञ्चनपुरबाट एकैदिन १० फरार प्रतिवादी पक्राउ

अत्तरिया – प्रहरीले कैलाली र कञ्चनपुरबाट एकैदिनमा १० फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतले दोषी ठहर गरी फरार रहेका १० जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

maya metro hospital

कैलालीबाट पक्राउ पर्नेमा लागूऔषध मुद्दामा तीन दिन कैद सजाय तोकिएका गोदावरी नगरपालिका–५ का २५ वर्षीय किरण बोहरा, चोरी मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २५ वर्षीय सुनिल चौधरी र चेक अनादर मुद्दामा २२५ रुपैयाँ जारीवाना तोकिएका चुरे गाउँपालिका–१ का ५४ वर्षीय विरबहादुर घर्तीमगर रहेका छन्।

lotus school

यस्तै कैलालीको चुरे गाउँपालिका–३ का ७० वर्षीय भिमबहादुर थापा, सोहि पालिकाको–६ का ४५ वर्षीय जिवनसिंह रावत र लम्कीचुहा नगरपालिका–२ का ४८ वर्षीय सुधराम डगौरा पक्राउ परेका छन्। पक्राउ परेका थापालाई ९४ हजार ५७०, रावतलाई ९४ हजार ५७० र डगौरालाई २३ दिन कैद र १२ हजार २५०रुपैँया जरिवान तोकिएको थियो।

attariya hospital

प्रहरीले कञ्चनपुरबाट विभिन्न मुद्धामा दोषी ठहर भइ फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच सय जरिवाना तोकिएका पंकज ठाकुर, ७ हजार जरिवाना तोकिएका धनिराम लुहार, चोरी मुद्दामा १८ दिन कैद र ६११ रुपैयाँ जरीवाना तोकिएका राहुल चन्द र १ वर्ष ४ महिना १६ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकिएका हिमाल मल्ल रहेका छन ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि सम्बन्धित जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.