कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीको अनिश्चितकालीन रिले अनसन

कैलाली- कैलालीको कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी रिले अनसन बसेका छन् । विद्यार्थीका समस्या समाधानका लागि संघर्ष समित गठन गरेर उनीहरु बिहीवारबाट रिले अनसन बसेका हुन् ।

maya metro hospital

फाल्गुन १४ गते क्याम्पस प्रमुखलाई बुझाएको ८ बुँदे मागपत्रको बेवास्ता गरिएपछि अनसन सुरु गरेको तेज मल्लले बताए । संघर्ष समितिले सेमेष्टरको अध्ययन सुरु हुनुपूर्व नै आवश्यक पाठ्यपुस्तक तथा विषय कोर्षको व्यवस्था, पुस्तकालयको व्यवस्था गर्नुपर्ने, सेमेष्टरको सक्रान्त परीक्षा हुनुभन्दा एक महिना अगावै कोर्ष सक्काउनुपर्ने, विभिन्न संकायामा अध्यापन गराउने विषय शिक्षक अभावको समस्या तत्काल समाधान गर्नुपर्ने, क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि होस्टेलको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, विद्यार्थीलाई समयमै छात्रवृत्ति कार्यक्रमको जानकारी तथा वितरण गर्नुपर्ने, विश्वविद्यालयको कार्यविधिलाई मिचेर गरेका सम्पूर्ण कार्यहरु तत्काल खारेज गरी कार्यविधी अन्र्तगत रहेर गतिविधि सञ्चालन गर्नुपर्ने, क्याम्पसमा क्लबका नाममा भइरहेको राजनीति अन्त्य गरी विद्यार्थीका अतिरिक्त क्रियाकलापमा स्वच्छ रुपमा सञ्चालन गरिने वातावरण बनाउने र श्रव्यदृश्य पुस्तकालयको व्यवस्थासँगै २४ घण्टा नै पुस्तकालय खुल्ला रहने व्यवस्था गरी व्यवस्थित गर्नुपर्ने माग राखिएको छ ।

attariya hospital

No description available.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.