कञ्चनपुरको कृष्ण प्रणामी सेवा धाममा महायज्ञ गरिने

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मंगलनगर मोहना तटमा रहेको कृष्ण प्रणामी सेवा धामको संरक्षण र प्रचारप्रसार गर्न महायज्ञ आयोजना गरिने भएको छ । धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार पसार गर्न फागुन २२ गते देखि २८ गते सम्म श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । श्रीमद्भागवत मूल आयोजक समितिका संयोजक टेक बहादुर भण्डारीले शिवरात्रीको अवसरमा कृष्ण प्रणामी सेवा धामको धार्मीक र पर्यटकिय विकासका लागि महायज्ञ आयोजना गर्न लागिएको बताए । उनले महायज्ञमा मुख्य कथा वाचक साध्वी भागवताचार्य विदुषी मिरामाताजी रहने बताए । उनले महायज्ञको प्रदेश प्रमुख देव राज जोशीले समुद्घाटन गर्ने बताए ।

maya metro hospital

कृष्ण प्रणामी सेवा धामका अध्यक्ष शेर बहादुर रोकायाले धाम क्षेत्रमा स्नान गर्ने तीर्थ स्थल सँगै आर्यघाट निर्माण गर्ने योजना अघि सारेको बताए । उनले धाममा तत्काल महायज्ञबाट नयाँ मूर्ति स्थापना गरिने बताए ।

कैलाली र कञ्चनपुरको सीमा क्षेत्र छुट्याउने मोहना नदी किनारमा रहेको धाम २०६६ सालमा स्थापना गरिएको थियो । करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको धामको गुरुयोजना बनाएर काम अघि बढिरहेको बजेट अभावका कारण काम भने हुन सकेको छैन । धाममा नेपालकै अग्लो ५४ फिट अग्लो राधाकृष्ण मुर्ती स्थापना गर्ने गरी योजना अगाडि सारिएको भएपनि उक्त काम भने हाल बजेट अभावकै कारण रोकिएको छ । मूर्तिको निर्माणका लागि ५ वर्ष अघि नै काम सुरु गरिएको भएपनि जग मात्रै निर्माण गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.