सेफ्टी ट्याङ्करमा लुकाएर लागुऔषध कारोबार, एक जना पक्राउ

काठमाडौँ- सेफ्टी ट्याङ्करमा लुकाएर लागुऔषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ जम्मुडाँडाबाट सर्लाहीका ३४ वर्षीय नवीन मोक्तान पक्राउ परेका हुन् ।

maya metro hospital

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा ढलको फोहोर सफाइमा प्रयोग गरिने सेफ्टी ट्याङ्करमा लुकाएर लागुऔषध कारोबारमा संलग्न रहेका मोक्तानलाई पक्राउ गरेको हो ।

lotus school

लागुऔषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाँदा बुधवार राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । मोक्तानसहित सेफ्टी ट्याङ्कर बरामद गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.