अत्तरियामा किसान महासंघले बाटोमै खन्यायो दुध

अत्तरिया- अत्तरियामा किसान महासंघले बाटोमै दुध खन्याएको छ । महासंघले किसानहरुले भुक्तानी नपाएको भन्दै चक्काजामसहित सडकमा दुध समेत खन्याएको हो ।

Karma Consultancy

धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले चालु आर्थिक वर्षको असोज १६ गतेदेखि माघ महिनासम्मको रकम भुक्तानी नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको मोहनराज जोशीले बताए । दुग्ध वितरण आयोजनाले किसानहरुको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.