बेलौरीमा परजीवी नियन्त्रण र रेविज रोग बिरुद्ध खोप शिविर सञ्चालन

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकामा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण र रेविज रोग बिरुद्ध खोप शिविर संचालन गरिएको छ । नगरपालिकाको पशु शाखाले बुधबारबाट शिविरको शुरूवात गरेको हो ।

maya metro hospital

नगरपालिकाका १० वटै वडामा शिविर संचालन गरिने पशु शाखाका पशु प्रावधिक पुष्पराज पाण्डेयले बताए ।

पहिलो दिन बिहिबार वडा नम्बर ९ र १० मा शिविर चलाइएको छ । पशु प्राविधिक पाण्डेयका अनुसार शिविरमा घरपालुवा जनावर कुकुरलाई रेबिज र अन्य जनावरलाइ जुका, जुम्रा मार्ने लगायतका औषधि वितरण गरिदै छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.