कैलाली- कैलालीमा ९ लाख बढीको सामानसहित ४ जना महिला पक्राउ परेका छन् । बुधवार सशस्त्र प्रहरीले ९ लाख ३५ हजार ६०० मूल्य बराबरको सामान बरामद गरेको हो ।


सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ७ लाख ९८ हजार बराबरको लत्ताकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको बताएको छ ।

सामानसहित धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड बस्ने ६२ वर्षीया महेश्वरी बिष्ट, सोही ठाउँकी ३५ वर्षीया तुलसी भट्ट, ३७ वर्षीया धना साउद र ३५ वर्षीया गौरी ओझा पक्राउ परेका बताइएको छ । यस्तै, १ लाख ३७ हजार ६ सय बराबरको कुखुरा र माछा बरामद गरी नष्ट गरिएको बताइएको छ ।
