लागूऔषध सहित धनगढीका तीन युवा पक्राउ

धनगढी – लागूऔषध सहित धनगढीका तीन युवा पक्राउ परेका छन । धनगढीको भन्सार राेडबाट एक र कञ्चनपुरको पुनर्वासबाट २ धनगढीका युवा लागूऔषध सहित पक्राउ परेका हुन ।

maya metro hospital

धनगढी उपमहानगरपालिका–३ भन्सारबाट ४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित धनगढी–१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशी पक्राउ परेका छन । बुधवार जोशीलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलबाट धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३८ वर्षीय जियालाल राना र २५ वर्षीय राम बहादुर राना लागूऔषध सहित पक्राउ परेका छन ।

attariya hospital

उनीहरुको साथबाट लागूऔषध खैरो हेरोइन २ ग्राम ४ सय २० मिलिग्रामसहित बरामद गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.