अत्तरिया – कैलालीमा वन मुद्धामा जरिवाना नतिरी फरार रहेका एक जना पक्राउ परेका छन्। मंगलबार गौरीगंगा नगरपालिका–८ का ५० वर्षीय डिल्लीराज जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कैलालीले वन मुद्धामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो। जोशीलाई प्रहरीले घरबाटै प्रकाउ गरेको जनाएको छ ।
