नेपाल मगर संघ कैलालीले मनायो स्थापना दिवस

कैलाली – नेपाल मगर सघं कैलालीको ४२ औं स्थापना दिवस मनाईएको छ । मंगलबार एक कार्यक्रमका बिच जानकी गाउँपालिका – २ कालिकापुरमा संघको स्थापना दिवस मनाईएको हो ।

maya metro hospital

सघंका अध्यक्ष दलबहादुर घर्तीमगरको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद रहेका थिए । कार्यक्रममा बोल्दै उनले भाषा, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भाषा, संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षणका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए ।

citizen security services

उनले मगर समुदायको भाषा, संस्कृति संरक्षणका लागि संग्रहालय निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै जानकी गाउँपालिका – २ का वडाध्यक्ष चक्रबहादुर बिष्टले मगर समुदायको संस्कार र स्तरोन्नतीका लागि पालिकाले पनि सहयोग गरिरहेको बताए ।

attariya hospital

उनले रोरा नदीको कटानले मगर समुदायमा जोखिम रहेकाले त्यसको तटबन्धनमा प्रदेश सरकारले ध्यान दिन अनुरोध गरे । उनका अनुसार उक्त नदीको कटानको जोखिममा मगर समुदायका करिब १ सय घरधुरीहरु रहेका छन । कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.