बाजुरा – बाजुरामा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका– ७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा तोडफोड गरीएको हो ।

सोमबार राति अज्ञात समुहले बुढिनन्दा फोर जि रिपिटर टावर तोडफोड गरेको बताईएको छ । बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराका अनुसार टावरमा पुर्ण रुपमा क्षति भएको छ ।

टावरको कारण गुणस्तरिय सुविधा पाईएका समयमा टावरमा तोडफोड गरीदा अहिले सेवाबाट बञ्चित हुनुपरेको उनको भनाई छ । उनले टावरमा क्षति पु¥याउने जुनसुकैलाई कानुनी कार्वाहीको दायरामा ल्याउने बताए ।
