नेपाली क्रिकेट खेलाडीको ग्रेड विभाजन, मासिक एक लाख सम्म तलब पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको ग्रीड विभाजन गरेको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुलाई ग्रेड अनुसार मासिक तलब तोकेको छ ।

maya metro hospital

जसअनुसार ग्रेड ए मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहरा छन् ।

citizen security services

विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन् । पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।

attariya hospital

क्यानले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।
क्यानका अनुसार ग्रेड ए मा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् ।

ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिनइनेछ ।
यसैगरी महिला क्रिकेट खेलाडीलाई पनि ४ ग्रेडमा विभाजन गरिएको छ । जसअन्तरगत ग्रेड ए मा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर, ग्रेड बी मा कविता कुँवर, ग्रेड सी मा पुजा महतो, अश्मिना कर्माचार्य र ग्रेड डी मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन ।

यस्तै ईमर्जिङ क्याटोगरिमा सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन ।

महिलातर्फ ग्रेड एलाई ५० हजार, ग्रेड बीलाई ३५ हजार, ग्रेड सीलाई ३० हजार, ग्रेड डीलाई २५ हजार र ईमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरिएको क्यानले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.