अत्तरिया – कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ । आइतबार गुरु पूजाको अवसरमा संत निरंकारी सत्संग भवन अत्तरियाले आर्यघाटमा सरसफाइ गरेको हो ।

सत्संग भवनका दल सञ्चालक करन सिहको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको थियो । सामाजिक उत्तरदायीत्व अन्तरगत दुर्घन्धित बनेको गोदावरीमा सरसफाई गरिएको सत्संग भवनका बरिष्ठ सदस्य भीम बहादुर विकले बताए ।
