अत्तरिया – कैलालीको गोदावरीकी एक विवाहित महिला बेपत्ता भएकी छिन । गोदावरी नगरपालिका – ५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि बेपत्ता भएकी हुन । उनको खोजीका लागि प्रहरीमा खवर गरेपनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताएका छन । उनले कसैले देखेमा प्रहरीलाई खबर गरि दिन आग्रह गरेका छन ।

सुनीताका ससुरा विनोद परियारले राती ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिले सम्म पनि घरमा नफर्केको बताए । उनले बुहारीको खोजी गरेपनि कतै नभेटेको बताए । भारतमा रहेका सुनीताका श्रीमान भने उनी हराएपछि घर आएको विनोदले बताएका छन । सुनिताका ४ छोराछोरी रहेका छन ।

यसैबिच फागुन १० गते सोही ठाउँका हिक्मत नेपाली पनि वेपत्ता भएका छन । नेपालीकी श्रीमती सुनीता नेपालीले दिउँसो १ बजे आफ्ना श्रीमान बेपत्ता भएको बताइन् । उनले पनि श्रीमानको खोजीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएको बताएकी छिन ।

सुनीताका ससुरा विनोदले भने आफ्नी बुहारी र हिम्मत नेपाली संगै भागेको दावी गरेका छन ।
यता इलाका प्रहरी कार्यालय मालाखेतीले हराएकी महिलाको खोजी कार्य भइरहेको जनाएको छ । डिएसपी गणेश बरालले हराएकी महिलाका आफन्तले खोजीका लागि दिएको निवेदनका आधारमा खोजी भइरहेको बताए ।
नोट : हिक्मत नेपाली हराएको न्यूज थप गरिएको छ । (सम्पादक)

get soon