कञ्चनपुरमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २ कृष्णपुरका

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट ५ जना पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्लाको भीमदत्त नगरपालिका-६ सुकासालबाट १.७२ ग्राम लागुऔषध खैरो हिरोइनसहित कृष्णपुर नगरपालिका-२ बस्ने २४ वर्षीय विजय पालसहित दुई जना आइतवार पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई एक मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ ।

citizen security services

पुनर्वास नगरपालिका-११ रामजानकी टोलबाट ७७० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय विराट रावल पनि आइतवार पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ ।

attariya hospital

त्यस्तै भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागुऔषधसहित भीमदत्त-१८ भगतपुरका २३ वर्षीय भुवन मगर र भीमदत्त-८ का २१ वर्षीय महेन्द्र डगौरा पक्राउ परेका छन् । पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.