धनगढी – मोहना अत्तरिया ६लेन सडक अन्तरगत धनगढी क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको छ । २६५ पोल र १४० वटा ट्रीगार्डमा स्ट्रीप लाइट जडान गरिएको हो । ३१ लाखको लगानीमा स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताएकी छिन ।
यस्तै नगरपालिकाले विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ । उपमहानगरपालिकाको १० लाखको लागतमा सडक बत्ती जडान गरिएको हो ।

स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका छन ।

यस्तै करिब ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट पनि जडान गरिएको छ ।
