गोदावरीबाट दुई जना फरार दोषी पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट दुई जना फरार दोषी पक्राउ परेका छन् । लागूऔषध र बैंकिङ मुद्दामा फरार रहेका दुई जना आइतबार पक्राउ परेका हुन् ।

maya metro hospital

लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भइ फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय सञ्जय सुनार पक्राउ परेका छन् । यस्तै बैंकिङ कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन् ।

lotus school

रावतलाई अदालतले बैंकिङ मुद्दामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो । उनी सोही दिनबाटै फरार रहेका थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.