बाजुरामा १३ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

बाजुरा – बाजुरामा १३ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार नौ सय ४२ जना बालबालिकालाई खोप लगाउन लागिएको हो ।
जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयमसेविका र स्वयम्सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए ।

maya metro hospital

केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरे पनि जिल्लामा एकैसाथ अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । बाजुरामा खोप नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ ।

citizen security services

खोप लगाउन जिल्लाका एक सय ६५ वटा खोप केन्द्रमा एक सय ६५ जना स्वास्थ्यकर्मी र दुई सय ३० जना स्वयम् सेवक खटिएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.