आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाएका छन । उनले त्यसका लागि ९३ बल खर्चेका थिए । यस्तै करन केसीले २६, आरिफ सेखले २२, आशिस सेखले १७, कप्तान रोहित पौडेलले १७ रन बनाएका थिए । अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् ।

नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
