कैलाली- कैलालीमा अवैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-१ बालुवाघाटबाट अवै रुपमा भारतबाट भन्सार छली ल्याएका ४० हजार ५०० मूल्यको २७ पिस लेडिज सुट बरामद गरिएको हो ।

धनगढीकै २ नम्बर वडा ट्राफिक चौराहाबाट ३९ हजार ७८९ मूल्यको चिनी, प्याज, गुड, सरप, नरिवल, धोती पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै, भजनी नगरपालिका-५ हलौनाघाटबाट १ लाख ६० हजार मूल्यको चिनी, बिडी, बिस्कुट, स्टिलको बाल्टिन, विभिन्न प्रकारका पेय पदार्थ, मोटरसाइकल थान–१ लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

ती सामान शनिवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।